ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निरीक्षण अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछ ।
(क) उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण गर्ने वा कुनै सेवा प्रदान गरेको ठाउँमा प्रवेश गर्न ।
(ख) उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण गर्ने वा सेवा प्रदान गर्ने व्यक्तिसँग आवश्यक विवरण वा जानकारी लिन ।
(ग) उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण गर्ने वा कुनै सेवा प्रदान गर्ने व्यक्तिसंग वा सो सँग सम्बन्धित अन्य व्यक्तिसँग आवश्यक बयान लिन ।
(घ) कुनै उपभोग्य वस्तुको परीक्षण गर्न आवश्यक देखिएमा आवश्यक पर्ने परिमाणमा नमूना लिई प्रयोगशालामा परीक्षण गर्न लगाउन ।
(ङ) कुनै उपभोग्य वस्तु वा सेवाको तत्काल उत्पादन, बिक्री वितरण वा सेवा प्रदानमा रोक लगाउन आवश्यक देखिएमा सो रोक लगाउन ।
(च) कुनै उपभोग्य वस्तुको परीक्षण गर्न आवश्यक देखिएको कारणबाट त्यसको परीक्षणको लागि नमूना लिइएकोमा प्रयोगशालाबाट नमुनाको परीक्षण भै नआएसम्मको लागि त्यस्ता बस्तुको बिक्री वितरणमा रोक लगाउन ।
(छ) निरीक्षण वा जाँचबुझको सिलसिलामा उत्पादक वा विक्रेतालाई तत्काल कुनै आदेश लिन उपयुक्त देखिएमा सो आदेश दिन ।
(ज) कुनै ठाउँमा खानतलासी गर्न ।
(झ) निरीक्षण वा जाँचबुझको सिलसिलामा उपयुक्त सम्झेको अन्य कार्य गर्ने ।